दफा ३
होटेल वा पसलको मालिकले मदिरा बेच्न र खुवाउनमा नियन्त्रण
(१) मदिरा खुवाउने व्यवस्था
भएको होटेल वा पसलको मालिकले यो ऐन प्रारम्भ भएपछि दिउँसो १२ बजे भन्दा पहिले र
शुक्रबारको हकमा राती १ बजे पछि र अन्य वारको हकमा राती १२ बजे पछि आफनो होटेल वा
पसलमा कसैलाई मदिरा बिक्री गर्न वा खुवाउन हुँदैन ।
(२) होटेल मालिकले शुक्रवारको दिन राती १ बजे पछि र अन्य वारको हकमा राती १२
बजेपछि ग्राहकहरुको निमित्त मनोरञ्जन वा नाच गानको व्यवस्था गर्न हुँदैन ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशित गरी सो उपदफाहरुमा लेखिएको समयमा आवश्यकता अनुसार घटबढ
गर्न सक्नेछ ।