दफा
६. अध्यक्षः
(१) समितिको कार्यकारी प्रमुखको रूपमा काम गर्न समितिमा एकजना अध्यक्ष रहनेछ ।
(२) नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको, पुनरावेदन अदालतको न्यायाधीश पदमा काम गरेको व्यक्तिहरूमध्येबाट नेपाल सरकारले अध्यक्षको नियुक्ति गर्नेछ ।
(३) अध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्षले कार्य क्षमताको अभाव, खराब आचरण, इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको, शारीरिक तथा मानसिक कारणबाट आफ्नो पद अनुरूप जिम्मेवारी पूरा नगरेमा नेपाल सरकारले निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ । तर त्यसरी अध्यक्षको पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(५) अध्यक्षको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(६) अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू तोकिएबमोजिम हुनेछन् र त्यसरी नतोकिएसम्म निजले नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीले पाए सरहको पारिश्रमिक र सुविधा पाउनेछ ।