दफा
‍ कार्यकारी समितिको गठन

(१) बोर्डको कार्य सञ्चालनको निमित्त देहाय बमोजिमको एउटा कार्यकारी समिति हुनेछ –
(क) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वा राज्यमन्त्री  – अध्यक्ष
(ख) नेपाल सरकारले तोकेको – सहअध्यक्ष
(ग) अध्यक्ष, राष्ट्रिय सहकारी संघ – सदस्य
(घ) नेपाल राष्ट्र« बैंकका गभर्नर – सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(च) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(छ) ……………………………………….
(ज) सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – सदस्य
(झ) सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – सदस्य
(ञ) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य
(ट) रजिष्ट्रार, सहकारी विभाग – सदस्य
(ठ) केन्द्रीय सहकारी संघका अध्यक्षहरुले आफू मध्येबाट निर्वाचन गरेका दुई जना – सदस्य
(ड) सात प्रदेशका सहकारी वा सामाजिक कार्यकर्ताहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनीत सातजना – सदस्य
(ढ) महिला सहकारी कार्यकर्ताहरुबाट एक जना – सदस्य
(ण) सम्बन्धित विषयका विशेषज्ञहरुबाट दुई जना – सदस्य
(त) महाप्रबन्धक, कृषि विकास बैंक – सदस्य
(थ) नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिमका सदस्यहरु समितिको सिफारिशमा नेपाल सरकारले मनोनीत गर्नेछ ।
(३) उपदफा (१) को खण्ड (ठ), (ड), (ढ) र (ण) बमोजिमका सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(४) नेपाल सरकारले समितिको कारण सहितको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरु हेरफेर गर्न सक्नेछ ।