अनुसूची
(क) आयतन नाप्ने यन्त्रहरुको विवरण

अनुसूची–५ (क)
(नियम १० को उप–नियम (५) सँग सम्बन्धित)

आयतन नाप्ने यन्त्रहरुको विवरण

खण्ड–१
साधारण आवश्यकताहरु

परिभाषाः–

“नाप्ने यन्त्र” भन्नाले तरल पदार्थहरु आयतनको हिसाबले नाप्ने र दिने उद्देश्य बनेको यन्त्रलाई सम्झनुपर्छ ।

२.(क) सञ्चालन भएको अवस्थामा देहायका आवश्यकताहरु पूरा गर्ने गरी नाप्ने यन्त्रको वस्तु, ढाँचा र बनावट हुनुपर्छः–

(१) सच्चाइ कायम हुने ।
(२) सञ्चालन हुने पार्टपूर्जाहरु सन्तोषपूर्वक काम गर्ने ।
(३) मिलान (एडजस्टमेन्ट) यथासम्भव स्थायी हुनुपर्ने ।

(ख) नाप्ने तथा दिने काममा प्रयोग हुने नाप्ने यन्त्ररुमा सबै अङ्गहरु र जडानहरु पूरा नभएमा टाँचा लगाइने छैन ।
(ग) कुनै यन्त्रमा साट्न हुने वा उल्टाउन हुने अङ्गहरु छन् भने यस्तो अङ्ग साट्दा वा उल्टाउँदा यन्त्रको सच्चाइमा कुनै फरक पर्नु हुँदैन ।
(घ) वितरण भएको वा दिइएको परिमाण संकेत गर्ने सबै रेखाङ्कन स्पष्ट बुझिने र नमेटिने किसिमको हुनुपर्छ ।
(ङ) नाप्ने यन्त्रको अत मापक वा सांकेतिक अ·हरुले आप्mनो शून्यस्थिति र सो यन्त्रको नाप्ने क्षमतासम्म दिएको परिमाण समेत स्वतः देखाउन सक्ने रुपमा निर्मित भएको हुनुपर्छ ।

(च) नापेको र दिएको परिमाण दर्शकले सजिलोस“ग स्पष्ट र बिना अवरोध देख्ने गरी स्थायी किसिमका नाप्ने यन्त्रहरुको जडान भएको हुनुपर्छ ।
(छ) असावधान प्रयोग वा अन्य कुनै किसिमबाट यन्त्रको सच्चाइमा अनुचित असर यथासम्भव नपर्ने गरी नाप्ने यन्त्रको ढा“चा र वनावट हुनुपर्छ ।

३. अंकन (मार्किङ्ग):–

(क) वितरण पम्प, मिटर, आयतनिक भाँडा भर्ने मेशीन जस्ता सबै व्यपारिक नाप्ने यन्त्रहरुमा सो यन्त्रको क्षमता, निर्माताको नाम वा ट्रेडमार्क र परिचयात्मक संख्या देखिने गरी स्पष्ट र स्थायी तवरले अंकन भएको हुनुपर्छ ।

(ख) निरीक्षण गर्ने अधिकारीको टाँचा र खण्ड (क) मा उल्लेखित अंकनहरु लगाउन नाप्ने यन्त्रहरुमा सबैले देख्ने ठाउ“मा एउटा उपयुक्त पाता (प्लेट) मजबुतसँग जडान भएको हुनुपर्छ ।

४. जाँचको आवश्यकताहरुः–
(क) सबै नाप्ने यन्त्रहरु सञ्चालन भएको अवस्थामा जाँचिनेछ ।
(ख) सबै यन्त्रहरु सम्बन्धित नाप्ने यन्त्रलाई दिइएको त्रुटिको हदभित्र रही ठीक हुनुपर्छ ।

५. सील लगाउनेः– वितरण भएको परिमाणमा असर पर्ने गरी नाप्ने यन्त्रको रोक्ने अ· वा अरु मिलाउने अङ्कहरुमा कैफियत गर्न नपाउने गरी निरीक्षण गर्ने अधिकारीले नाप्ने यन्त्रको एक वा बढी स्थानमा सील लगाउनेछ ।

खण्ड–२
वितरण (डिस्पेन्सिंग) पम्प

१ परिभाषाः–

(क) “वितरण पम्प” भन्नाले सञ्चय टै‌ंक वा टैंकहरुमा जडान भई यकीन आयतनको हिसाबबाट तरल पदार्थहरु दिने कामको निमित्त प्रयोग गरिने नाप्ने यन्त्र सम्झनुपर्छ ।

(ख) “आद्रनली प्रणाली (वेटहोज सिस्टम)” भन्नाले पम्म सञ्चालन भएको वा नभएको अवस्थामा प्रश्रावनली (डिस्चार्जहोज) भरिएर नै रहने प्रणाली सम्झनुपर्छ ।

(ग) “सुखानली प्रणाली (ड्राइहोज सिस्टम)” भन्नाले वितरण काम पूरा भएपछि प्रश्रावनली पूर्णतया सुखा रहने प्रणालीलाई सम्झनुपर्छ ।

२. प्रकारः–वितरण पम्पहरु मिटर टाइप वा भाँडो (कण्टेनर) टाइपको हुनेछन् ।
३. साधारण आवश्यकताहरुः–

(क) वितरण पम्पमा खास गरी देहायका कुराहरु हुनुपर्छः–
(१) उपयुक्त खोल वा ढकेनी,
(२) पम्प गर्ने अङ्ग,
(३) मिटर अङ्ग वा आयतनिक भाँडो (कन्टेनर),
(४) परिमाण संकेत गर्ने ।
(५) टुटी (नोजल) सहितको लचिलो नली ।

४. प्रत्येक वितरण पम्पमा सबै संभावित वितरणको परिमाण देखाउन बिक्री सूचक (सेल्स इण्डिकेटर) जडान भएको हुनुपर्छ । अन्य कुनै किसिमको गन्ति गर्ने वा संख्या जोड्ने साधन भए सो साधनबाट खास बिक्री सूचकस“ग कुनै प्रकारको गडवडी आउन नसकिने गरी गरिएको हुनुपर्छ ।

५. स्टार्टिङ्ग लिभरको बन्द हुने अवस्थासम्मको चालद्वारा कुनै खास वितरण क्रमिक बितरण चक्र (डेलिभरी साइकल) पूरा भएपछि संकेत गर्ने अङ्गहरु ठीक सून्यमा नफर्कुन्जेल अर्को क्रमिक वितरण गर्न नसकिने गर्न एउटा प्रभावकारी स्वचालित इण्टरलक भएको मिटर
प्रकारको वितरण पम्प निर्मित भएको हुनुपर्छ ।

६. प्रत्येक भाँडोबाट प्रश्राव शुरु हुन थालेपछि मात्र सम्बन्धित बिक्री सूचकले वितरण अंक देखाउने गरी भाँडो प्रकारको वितरण पम्प निर्मित्त भएको हुनुपर्छ । स्पष्ट र स्थायी तवरले देहायको कुरा दर्शाउने गरी पम्पको प्यानेलमा अंग्रेजी वा देवनागरीमा सूचना राखिएको हुनुपर्छः–

वितरण शुरु हुनु भन्दा अगाडि निश्चित हुनुहोस् ।

(क) बिक्री सूचक सून्यमा छ ।
(ख) भाँडो (कण्टेनर) पूरा भरिएको छ ।

७. भाँडो वा भाँडोहरु ठीकसँग भरिएको र वितरण भएको स्पष्ट देखिने गरी भाँडो प्रकारको वितरण पम्पमा हेर्ने झ्यालहरु (अब्जरभेशन विन्डोज) वा अरु साधनहरु जडान भएको हुनुपर्छ ।

८. चापबाट तरल पदार्थ वितरण गर्ने वितरण पम्प आद्रनली प्रणालीबाट सञ्चालित हुनुपर्छ र यस्ता पम्पले चापबाट वितरण हुने गरी त्यस्को टुटीमा संयोग नियन्त्रण भल्व ( कम्बिनेशन कन्ट्रोल भल्व) र स्वचालित चाप प्रश्राव भल्व (अटोमेटिक प्रेशर डिस्चार्ज भल्व) लगाइएको हुनुपर्छ ।

९. गुरुत्वाकर्षणबाट तरल पदार्थ वितरण गर्न वितरण पम्प सुखानली प्रणालीबाट सञ्चालित हुनुपर्छ । नली पाइप (होजपाइप) मा पूर्ण र तीव्र निकास सजिलो हुने गरी सुखानलीको लम्बाइ र कडापनको उचित व्यवस्था हुनुपर्छ तथा नली पाइपको टुटीमा कुनै भल्व रहेको हुनुहुँदैन ।

१० वितरण पम्पको प्रश्राव नलीको लम्बाई पम्पको बाहिर देखि वितरण गर्ने टुटीसम्म पाँच मिटर भन्दा लामो हुनुहु“दैन ।
११. मिटर प्रकारको वितरण पम्पमा पम्प गर्ने अङ्गको पछि र मिटर अंगको सीधा अगाडि एउटा प्रभावकारी हवा हटाउने अङ्ग (एयर इलिमिनेटर युनिट) रहेको हुनुपर्छ ।

१२. आयतनिक भाँडोमा हवा अड्ने (एयर ट्रेप) संभावना रोक्नको लागि भाँडो प्रकारको वितरण पम्पमा हवा जाने उपयुक्त प्वाल रहेको हुनुपर्छ ।

१३. जाँचः–

(क) सबै वितरण पम्पहरुमा वितरण सच्चाई जाँच हुनुपर्छ ।
(ख) यन्त्रले वितरण गरिने तरल पदार्थ भएको चालू अवस्थामा वितरण पम्प जाँचिनु पर्छ ।
(ग) सबै वितरण पम्पहरु जाँच गर्ने नापहरु (चेक मेजर्स) द्वारा प्रमाणित गरिनेछ ।
(घ) प्रत्येक जाँच गर्ने नाप प्रत्येक छ छ महीनामा कार्यकारी स्टाण्डर्ड नापद्वारा जा“चिनु पर्छ ।
(ङ) वितरण पम्प जाँच गर्नु भन्दा अगाडी पम्पका सबै अङ्गहरुले राम्ररी काम गरेको र प्रश्रावनली भिजेको यकीन गर्न केही मिनेट पम्प चलाउनु पर्छ ।

(च) सच्चाइको जाँच गर्न अगाडि वितरण पम्पमा चुहावट जाँच्नको लागि पूरा भरेर हेर्नुपर्छ ।

१४. वितरण पम्पहरु जाँच गर्ने तरिका देहाय बमोजिम हुनेछः–

(क) स्टाण्डर्ड जा“च नाप (स्टाण्डर्ड चेक मेजर ) का भित्री सतहहरु भिजाउन पहिले भर्नु पर्छ र त्यसपछि खाली गर्नुपर्छ ।
(ख) रेकर्ड गर्ने यन्त्रको संकेतक (मिटर प्रकार) वा रिडिङ्ग (कण्टेनर प्रकार) प्रकृयालाई शून्यमा मिलाउनु पर्छ ।
(ग) संकेतक (मिटर प्रकार) फेरी शून्य अवस्था वा रिडिङ्ग (कण्टेनर प्रकार) जाँच नापमा तरल पदार्थ हाल्न पम्प चलाउनु पर्छ ।
(घ) लगातार दुई पटक जाँच गर्दा दुबै पटक ठीक परिमाण दिएमा यन्त्र ठीक मानिनु पर्छ ।
(ङ) लगातार दुई पटकको वितरणमा मान्यता दिएको हदभित्रको परिमाण नदिएमा जाँच दोहर्याउनु पर्छ ।

१५. प्रत्येक वितरण पम्पले घटीमा १० लिटर प्रति मिनेट मनासिव तवरले एकनासँग नं. १६ मा निर्दिष्ट गरिएको त्रुटिको हदभित्र रही वितरण गर्नु पर्छ ।

१६. मान्यता दिइएको त्रुटिको हदहरु देहायबमोजिम हुनेछन्ः–

मान्यता दिइएको त्रुटिको हदहरु

वितरण                                 पहिलो  जाँच                                                                      पछिल्लो जाँचहरुमा

परिमाण                               (बढीमा मात्र)                                                           (बढीमा)                               (घटीमा)
१ लिटर                           १० मिलिलिटर पहिलो                                               जाँचको बराबर                     ५ मिलि लिटर
२ लिटर                           २० मिलिलिटर                                                            ,, ,, ,,                                 १० मिलि लिटर
५ लिटर                           ३० मिलिलिटर                                                             ,, ,, ,,                               १५ मिलि लिटर
५ लिटर भन्दा बढी          ०.५ प्रतिशत                                                                 ,, ,, ,,                                ०.२५ प्रतिशत

१७. सील र टाँचा लगाउनेः– ठीक वितरणको लागि मिलान गरेपछि सीसा वा तारको सीलहरु लगाउ“दा त्यस्तो सील वा सीलहरु नबिगारिकन फेरि मिलान गर्न नसकिने गरी लगाइनेछ । सीसा र तारको सील वा सीलहरुको लागि साधारण तार (प्लेन वायर) लगाइने छैन । सीसाको सील वा सीलहरुमा निरीक्षकको टाँचा पेंचिसद्वारा लगाइनेछ