अनुसूची ३ (ख)
(नियम ९ को उपनियम (३) सँग सम्बन्धित)
कार्यकारी स्टाण्डर्ड तराजु ( काँटा) हरुको आवश्यकताहरु
१. कार्यकारी स्टाण्डर्ड तराजु भन्नाले व्यापारिक वा अन्य क्षेत्रमा प्रयोग गरिने तौलहरु जाँच्न प्रयोग गरिने तराजु सम्झनुपर्दछ ।
यी दुई किसिमका हुनेछन्ः–
(क) प्रयोगशालामा रहनेः– प्रयोगशालामा रहने कार्यकारी तराजुहरुमा स्पष्ट रुपले क्षमता र सेन्सीटीभीटी उल्लेख भएको हुनुका साथै निम्न तालिका बमोजिमको आवश्यकता पूरा गरेको हुनुपर्छ ।
२. प्रत्येक कार्यकारी तराजुको १० क्रमिक विश्राम विन्दुहरुको स्टाण्डर्ड डेभिएशन १ स्केल डिभिजनभन्दा बढी हुनुहुँदैन ।
३. समान बाहु भएका कार्यकारी तराजुहरुको बाहु समान वा बराबर नभएमा सेन्सीटीभीटीलाई पूर्ण भारले भाग गर्दा आउने भिन्नांश भन्दा बढी हुनुहुँदैन ।
४. विभिन्न भारमा कार्यकारी तराजुको चालू अवधि को फरक २०% भन्दा बढी हुनुहुँदैन ।
५. कार्यकारी तराजु काम नलिइएको अवस्थामा त्यसको दुवै चक्कुधार सम्बन्धित बियरिंगको समतलबाट अलग हुन सक्ने हुनुपर्छ ।
६. प्रयोगशालामा रहने कार्यकारी तराजुहरु सामान्यतः प्रयोगशाला मै मात्र प्रयोग गरिनु पर्छ ।
७. बुलियन र क्यारेट तौलहरुको जाँचको हकमा निरीक्षकले आवश्यक ठानेमा प्रयोगशालामा रहने कार्यकारी तराजुबाट जाँच गराउनु पर्नेछ ।