अनुसूची
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)

इन्सर्ट पूर्जामा खुलाउनु पर्ने कुराहरू

१. अनुसूची–५ बमोजिमका खुलाउनु पर्ने कुराहरू ।
२. औषधि प्रयोग गरिने रोग र रोगको अवस्थाको विवरण ।
३. रोगीको उमेर, अवस्था र लिंग अनुसार भिन्नता हुने औषधिको सेवनको मात्रा ।
४. औषधिको सेवन समय र सेवन अवधि ।
५. औषधिको सेवन तरिका ।
६. औषधिको सेवन गर्नु अगाडि कुनै तयारी विधि अपनाउनु पर्ने भए सो विधि ।
७. औषधिको सेवनबाट हुन सक्ने सम्भावित प्रतिकूल असर र त्यसको त्यस्तो असरबाट बच्ने उपायबारे ।
८. औषधिको सेवन गर्न नहुने अवस्था ।