(क) कम्तीमा तीन वर्षदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेको, – १०
(ख) वैदेशिक रोजगार सम्बन्धी विषयमा कुनै तथ्यगत उजूरी नपरेको वा उजूरी परेको भए उजूरी फरफारक गरेको – ५
(ग) वैदेशिक रोजगार सम्बन्धी कसूरमा सजाय नपाएको वा कुनै सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा भएको संस्था वा संस्थाका संस्थापक वा सञ्चालक – ५
(घ) ऐनको दफा ९ बमोजिम महिला, दलित, आदिवासी जनजाति, उत्पीडित वर्ग, पिछडिएको क्षेत्र तथा वर्ग एवं दुर्गम क्षेत्र तथा दैवीप्रकोप पीडित व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको संख्यामा आरक्षण प्रदान गरी वैदेशिक रोजगारमा कामदार पठाएको – ५
(ङ) संख्यात्मक एवं गुणात्मक आधारमा वैदेशिक रोजगारमा बढी कामदार पठाएको – २५ (संख्यात्मक–२० र गुणात्मक–५)
(च) नेपालको पाँच वटा विकास क्षेत्रमा शाखा कार्यालय खोलेको – १०
(छ) सेवा शुल्क र प्रवद्र्धन खर्च कम लिर्ई कामदार पठाएको – ५
(ज) नेपाल सरकारलाई बढी राजस्व बुझाएको – २०
(झ) वित्तीय, भौतिक र जनशक्तिको अवस्था राम्रो रहेको – ५
(ञ) नियम ४५ बमोजिम पुरस्कार पाएको – १०