अनुसूची – ६
(नियम ६ को उपनियम (१) सँंग सम्बन्धित)
नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
नापी विभाग
………….. नं. नापी गोश्वारा ……………..नं. नापी टोलीबाट दोस्रो पटक जारी गरिएको पन्ध्र दिने सूचना
मिति……………..देखि ……………………गाउं विकास समिति/नगरपालिको नाप जाँचको काम शुरु भएकोमा ऐनको दफा ६ को उपदफा (१) तथा जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम ३ को उपनियम (१) बमोजिम सूचना गर्दा पनि आफ्नो सबूद प्रमाण साथ जग्गाधनीहरूले दर्ता गराउन नआएकोले देहाय बमोजिमका कित्ताहरूको जग्गाधनी थाहा नभई क्षेत्रीय किताब (फिल्डबूक) खाली रहेकोले सम्बन्धित कित्ताका जग्गाधनीहरूले आफ्नो सबूद प्रमाण साथ आफै उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र जग्गा दर्ता गराउनु होला । जग्गा दर्ता गराउन सम्बन्धित जग्गाधनी उपस्थित नभएमा वा प्रतिनिधि पनि नपठाएमा मौजुदा स्रेस्तामा भएको विवरण भिडाई सम्बन्धित वडा समितिका प्रतिनिधिको रोहबरमा जग्गा दर्ता गरी दर्ता स्रेस्ता तयार गरिनेछ ।
वडा नं. नक्सा सिट नं. कित्ता नं. क्षेत्रफल किसिम कैफियत