अनुसूची
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्रको लागि दिने निवेदनको ढाँचा
श्रीमान् महानिर्देशक ज्यू,
वैदेशिक रोजगार विभाग ।
महोदय,
वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ को अधीनमा रही वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इच्छा भएकोले देहायको विवरण सहित इजाजतपत्र पाउनको लागि यो निवेदन पेश गरेको छुः–
विवरणः
(१) संस्थाका सञ्चालक वा व्यवस्थापक (संस्थामा शेयरधनी हुने सबैको नाम खुलाउने)ः
(क) नामः
(ख) ठेगानाः
(ग) नागरिकताः
(२) संस्थाको नामः
(३) संस्थाको कार्यालयको ठेगानाः
(४) व्यवसायिक कार्य योजनाको विवरणः
(५) पूँजीको विवरणः
(क) अधिकृत पूँजीः
(ख) जारी पूँजीः
(ग) चुक्ता पूँजीः
(६) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दा श्रम आयात गर्ने संस्था मार्फत कामकाज गर्ने हो वा रोजगार दिने संस्थासँग सोझै सम्पर्क राखी काम गर्ने हो सो सम्बन्धी विवरण खुलाउनेः
(७) संस्थाको संगठन तालिकाः
(८) कर्मचारीको व्यवस्थाः
(क) पूरा समय काम गर्ने संख्याः
(ख) आंशिक समय काम गर्ने संख्याः
(ग) स्तर अनुसारको संख्याः
(९) उपलब्ध वा प्रस्तावित भौतिक साधनको विवरणः
(१०) सञ्चालकको अन्य व्यवसायिक कारोवारसँग सम्बन्ध भए त्यस्तो कारोवारको विवरणः
(११) आगामी दुई वर्षभित्र वैदेशिक रोजगारमा पठाइने कामदारको अनुमानित संख्याः
(१२) कामदार पठाइने देशको नामः
(१३) अन्य प्रासङ्गिक कुराः
माथि उल्लिखित विवरण ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।                                 संस्थाको छापः                              निवेदकको,–
दस्तखतः
सञ्चालकको नामः
संस्थाको नामः
ठेगानाः
मितिः