अनुसूची
(नियम ७ को उपनियम (२) सँग सम्बन्धित) राहदानी दस्तुर

अनुसूची–४

(नियम ७ को उपनियम (२) सँग सम्बन्धित)

राहदानी दस्तुर

१. साधारण राहदानीको लागि

(क) नेपालमा राहदानीको लागी निवेदन दिंदा प्रति राहदानी पाँच हजार रूपैयाँ ।

(ख) उत्तर र दक्षिण अमेरिकी देशहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया, इजरायल र ह¨क¨ स्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर १५० (एक सय पचास) वा सो बराबरको स्थानीय मुद्रा ।

(ग) युरोपेली राष्ट्रहरु स्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी युरो १२० (एक सय बीस) वा सो बराबरको स्थानीय मुद्रा ।

(घ) अन्य एसियन, अफ्रिकन र बांकी सबै देशहरु स्थित नियोगहरुमा निवेदन दिँदा प्रति राहदानी अमेरिकी डलर ८० (असी) वा सो बराबरको स्थानीय मुद्रा ।

(ङ) दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानीका लागि निवेदन दिँदा खण्ड १ बमोजिम लाग्ने दस्तुरको आधा रकम ।

२. यात्रा अनुमतिपत्रको लागि

(क) कार्यालयबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्र चार हजार रूपैयाँ ।

(ख) नियोगबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्र अमेरिकी डलर ४० (चालिस) वा सो बराबरको स्थानीय मुद्रा ।

३. अस्थायी राहदानीको लागि प्रति अस्थायी राहदानी अमेरिकी डलर २० (बीस) वा सो बराबरको स्थानीय मुद्रा ।

४. विशेष प्रकारको सेवा (छिटो वा दु्रत) दिई साधारण राहदानी जारी गर्दा दश हजार रुपैयाँ तथा दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानी जारी गर्दा पाँच हजार रुपैयाँ ।