नियम ३३
_ हानि नोक्सानी गर्न नहुने
(१) नियम ३२ बमोजिमको सम्पदा सम्बन्धी अभिलेखमा समावेश भएका वा राष्ट्रिय सम्पदा भित्रका वस्तु, स्थल, वनस्पति, जीवजन्तु वा वातावरणीय अवस्थाका सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायको स्वीकृति बिना कसैले पनि देहायका कुनै काम गर्नु वा गराउनु हुँदैन:-

(क) कुनै वस्तु, वनस्पति वा जीवजन्तु हटाउन, फेरबदल गर्न वा: त्यसलाई नोक्सान पुग्ने कुनै काम गर्न,

(ख) कुनै वस्तु, वनस्पति वा जीवजन्तु कसैलाई बेचबिखन वा हस्तान्तरण गर्न,

(ग) अभिलेखमा समावेश भएका कुनै जीवजन्तुलाई नोक्सान पुराउने किसिमका अन्य जीवजन्तु राष्ट्रिय सम्पदा संरक्षण क्षेत्रमा प्रवेश गराउन,

(घ) कुनै वस्तु, स्थल, वनस्पति वा जीवजन्तु बिग्रने वा नासिने गरी अन्य कुनै काम गर्न ।

(२) कसैले उपनियम (१) विपरीत कुनै काम गरे बा गराएको थाहा हुन आएमा जोसुकैले सम्बन्धित सरोकारवाला निकायमा उजुरी दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम कुनै उजुरी परेमा वा सम्बन्धित सरोकारवाला निकाय आफैंले जाँचबुझ गर्दा राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेखमा समावेश भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु वा वातावरणीय अवस्थाको हानि, नोक्सानी भएको देखिएमा सम्बन्धित सरोकारवाला निकायले त्यस्तो कार्य यथाशीघ्र रोक्न लगाई प्रचलित कानून बमोजिम अधिकारप्राप निकाय समक्ष कारबाहीको लागि पठाउनु पर्नेछ ।