दफा ७०
अनुगमन
(१) नियमनकारी निकायले ऐनको परिच्छेद-६ख. तथा यस नियमावली बमोजिमको काम कारबाही भए वा नभएको सुनिश्चित गर्न. सूचक संस्थाको नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्नु पर्नेछ।

(२) सूचक संस्था बाहेकका अन्य निकायबाट ऐनको परिच्छेद-६ख. तथा-यस नियमावली बमोजिमको काम कारबाही भए वा नभएको सुनिश्चित गर्न गृह मन्त्रालयले नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्नु पर्नेछ।

(३) प्राकृतिक व्यक्तिले ऐनको परिच्छेद-६ख. तथा यस नियमावली बमोजिम पूरा गर्नु पर्ने काम कारबाही पूरा गरे वा नगरेको सम्बन्धमा गृह मन्त्रालयले नियमित अनुगमन गर्नु वा गराउनु पर्नेछ।

(४) गृह मन्त्रालय तथा सम्बन्धित नियमनकारी निकायले यस नियम बमोजिमको निरीक्षण, सुपरिवेक्षण वा अनुगमन कम्तीमा वर्षको एक पटक गर्नु पर्नेछ।