Preamble
प्रस्तावना
: पाठ्यपुस्तकहरू, साहित्यिक पुस्तकहरू र विविध पुस्तकहरूको प्रकाशन तथा वितरण अझ बढी सुलभ तथा सुविधाजनक गरी सर्वसाधारण जनता र विद्यार्थी वर्गको सुविधा कायम राख्नको लागि नेपाली भाषा प्रकाशिनी समितिको सञ्चालन एवं प्रशासनलाई नेपाल सरकारको नियन्त्रणबाट झिकी सर्वसाधारण जनतालाई सकभर बढी मात्रामा शरिक गराई त्यसको प्रकाशनको स्तर उठाएर बढी समयानुकूल, बढ्ता लोकप्रिय र प्रभावकारी बनाउन संस्थानको रूपमा गठन र व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।