You are viewing the translated version of .
Schedule
(दफा ३ को उपदफा (२) सँग सम्बन्धित)
नेपाल
……..को व्यापारिक पानी जहाजको झण्डा देहाय बमोजिमको हुनेछ ः–
(क) सामुन्द्रिक नीलो रङ्गको आयाताकार पृष्ठभूमि जसको लम्बाई चौडाईको डेढी हुनेछ र जसको
देब्रेपट्टि माथिल्लो कुनामा राष्ट्रिय झण्डा र पूरा क्षेत्रको दाहिनेपट्टिको अर्ध भागको मध्यमा रातो
लङ्गर अङ्कित भएको हुनेछ ।
(ख) राष्ट्रिय झण्डा व्यापारिक पानी जहाजको झण्डाको पूरै क्षेत्रको चौडाईको दुई तिहाई र लम्बाईको
एक तिहाई भूमिमा अङ्कित हुनेछ ।
(ग) लङ्गर राष्ट्रिय झण्डाको पींधबाट खिचिएको काल्पनिक सरल रेखामाथि अवलम्बित हुनेछ ।
(घ) लङ्गरको उचाई अङ्कित राष्ट्रिय झण्डाको दुई त्रिकोणको बिन्दुहरूको बीचको फासलाको बराबर
हुनेछ र त्यसको चौडाई सोफासलाको आधा हुनेछ ।