You are viewing the translated version of इजाजतपत्र.
(क) इजाजतपत्रवालाले पालना गर्नु पर्ने शर्तहरू
१. इजाजतपत्र प्रत्येक आर्थिक वर्षको असार महिना भित्र नवीकरण गराईसक्नु पर्नेछ ।
२. इजाजतपत्र सबैले देख्ने गरी कारोवार स्थलमा राख्नु पर्नेछ ।
३. डिपार्टमेण्टल स्टोरले मदिराजन्य पदार्थ बिक्री गर्ने प्रयोजनको लागि अलग्गै विक्री कक्षको व्यवस्था गर्नु पर्नेछ ।
४. प्रत्येक वोतलमा विर्को र बोतलमा पर्ने गरी अन्तशुल्क टिकट टाँसी निकासी गर्नु पर्नेछ ।
५. विहान १०ः०० बजेदेखि राती १०ः०० बजेसम्ममात्र मदिरा बिक्री वितरण गर्नु पर्नेछ ।
६. अठार वर्ष उमेर नपुगेको व्यक्तिलाई मदिरा बिक्री वितरण गर्न पाईने छैन ।
७. मदिरा खरिद बिक्री गर्नेले मदिरा खरिद बिक्री गरेको विजक राख्नु पर्नेछ ।
८. इजाजतपत्रवालाले प्रत्येक वोतलमा अन्तशुल्क टिकट टाँसेको मदिरा मात्र बिक्री गर्नु पर्नेछ । अन्तशुल्क टिकट नरहेको सामान खरीद बिक्रीको लागि राखेको पाइएमा त्यस्तो वस्तु जफत गरी बिक्रेतालाई कानून बमोजिम दण्ड जरीवाना हुनेछ ।
९. अन्तशुल्क ऐन, २०५८ तथा मदिरा ऐन, २०३१ र सो अन्तर्गत बनेका नियम तथा निर्देशिकामा उल्लेखित प्रावधानहरूको पालना गर्नु पर्नेछ ।
(ख) वण्डेड वेयर हाउस र करमुक्त पसलले पालना गर्नु पर्ने शर्तहरूः
१. कुटनैतिक सुविधाप्राप्त व्यक्ति, संस्था वा नियोगलाई वण्डेड वयर हाउसबाट नै बिक्री गर्नु पर्नेछ ।
२. करमुक्त पसलले बैंक ग्यारेन्टीको सुविधामा आयात गरेको मालसामानको विवरण मासिक विवरण सँगै बुझाउनु पर्नेछ ।
३. वण्डेड वयर हाउसमा भन्सार विन्दुबाट भित्र्याउँदा र बिक्रीका लागि गोदामबाट बाहिर निकाल्दा खटिएको अन्तशुल्क कर्मचारीको रोहवरमा मात्र भित्र्याउने र निकाल्ने गर्नु पर्नेछ ।
४. आगमन तथा प्रस्थान दुवैतर्फ बिक्री गर्दा हरेक व्यक्तिको छुट्टाछुट्टै बिजक बनाउनु पर्ने र सोमा पासपोर्ट नम्बर, राष्ट्रियता तथा फ्लाइट नम्बर उल्लेख गर्नु पर्नेछ ।