You are viewing the translated version of परिभाषा.

Rule 2
परिभाषा
विषय वा प्रसङ्गले- अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “अनुमतिपत्र बहाल नरहेका सेवा प्रदायक” भन्नाले ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भएको वा सोही दफाको उपदफा (५) बमोजिम स्वतः रद्द भएको वा दफा २८ बमोजिम अनुमतिपत्र खारेज भएको वा सोही ऐनको दफा उ३ को उपदफा (४) बमोजिम नयाँ अनुमतिपत्र लिन नचाहेको पूर्व अनुमतिपत्र प्राप्त व्यक्ति वा नियम २५ बमोजिम निवेदन दिएको सेवा प्रदायक सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले दूरसञ्चार ऐन, २०५३ सम्झनु पर्छ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(घ) “मूल्य निर्धारण समिति” भनूनाले नियम १३ बमोजिमको मूल्य निर्धारण समिति सम्झनु पर्छ।
(ङ) “व्यवस्थापन समूह” भन्नाले नियम ३७ बमोजिमको व्यवस्थापन समूह सम्झनु पर्छ।
(च) "सम्पत्ति" भन्नाले अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको जग्गा, भवन, यन्त्र, उपकरण, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल सम्झनु पर्छ।
(छ) "सेवा प्रदायक" भन्नाले ऐन बमोजिम दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायक सम्झनु पर्छ।