You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ख) “नियोग” भन्नाले कुनै विदेशी मुलुकस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास, वाणिज्य दूतावास, विशेष नियोग सम्झनु पर्छ र सो शब्दले कूटनीतिक कार्य गर्न नेपाल सरकारले स्थापना गरेको विदेशस्थित कुनै कार्यालय समेतलाई जनाउँछ।
(ग) “मन्त्रालय” भन्नाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय सम्झनु पर्छ।
(घ) «यात्रा अनुमतिपत्र” भन्नाले दफा १७ बमोजिम जारी गरिने यात्रा अनुमतिपत्र सम्झनु पर्छ।
(ङ) “राहदानी” भन्नाले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई नेपाल सरकारबाट दिइने मेसिन रिडेबल, इलेक्ट्रोनिक वा बायोमेट्रिक राहदानी सम्झनु पर्छ।
(च) “विभाग” भन्नाले राहदानी विभाग सम्झनु पर्छ।
(छ) “सरकारी कामको सिलसिलामा गरिने भ्रमण” भन्नाले संघीय एवं प्रदेश सरकार र मातहतका निकाय, स्थानीय तह, संघीय संसद, प्रदेश सभा र संवैधानिक निकायहरुको निर्णय बमोजिम तोकिएका कामको लागि गरिने भ्रमण तथा विदेशी, सरकारी, अर्धसरकारी एवं अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरुको औपचारिक निमन्त्रणामा गरिने भ्रमणलाई सम्झनु पर्छ।