You are viewing the translated version of परिभाषा.
Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस ऐनमा,-
(क) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ख) “नेपाल प्रहरी” भन्नाले सङ्घीय कानून बमोजिम गठन भएको नेपाल प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीको सङ्गठन सम्झनु पर्छ र सो शब्दले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई समेत जनाउँछ।
(ग) “प्रदेश प्रहरी” भन्नाले यो ऐन र प्रदेश कानून बमोजिम गठन भएको प्रदेश प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीको सङ्गठन सम्झनु पर्छ र सो शब्दले प्रदेश प्रहरीमा नियुक्त भई, समायोजन भई वा खटिई कार्यरत प्रहरी कर्मचारीलाई समेत जनाउँछ।
(घ)। प्रदेश मन्त्रालय” भन्नाले प्रदेशको आन्तरिक मामिला सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ङ) “प्रहरी कर्मचारी” भन्नाले नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा कार्यरत प्रहरी कर्मचारी सम्झनु पर्छ।
(चे) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।