You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले खाध अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ।
(ख) “कुपोषण” भन्नाले सन्तुलित आहारको उपभोग नभएका कारण मानव शरीरमा आवश्यक पर्ने पोषकतत्त्वको न्यून वा अधिक उपस्थितिको अवस्था सम्झनु पर्छ।
(ग) “खाद्य सहायता” भन्नाले ऐनको दफा ७ बमोजिम निःशुल्क वा सहुलियत मूल्यमा उपलव्ध गराइने खाद्य सहायता सम्झनु पर्छ।
(घ) “पोषण” भन्नाले शारीरिक तथा मानसिक- रूपमा स्वस्थ र सक्रिय जीवनयापनका लागि आवश्यक पर्ने पोषकतत्त्व रहेको सन्तुलित आहारमा पहुँचको अवस्था सम्झनु पर्छ।
(ङ) “भोकमरी” भन्नाले कुनै व्यक्ति, परिवार वा समुदायले खाद्यमा पहुँच गुमाएको वा पोषणयुक्त खानेकुराबाट वञ्चित भएको कारण गम्भीर रूपमा कुपोषित भई जीवन जोखिममा परेको अवस्था सम्झनु पर्छ।