You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "आधिकारिक तथ्याङ्क" भन्नाले कार्यालय, राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध सरकारी निकाय वा सार्वजनिक संस्थाले उत्पादन गरेका तथ्याङ्क सम्झनु पर्छ।
(ख) "ऐन" भन्नाले तथ्याङ्क ऐन, २०७९ सम्झनु पर्छ।
(ग) "तथ्याङ्क उत्पादनकर्ता" भन्नाले नियम ६ बमोजिमका तथ्याङ्कका मुख्य _ उत्पादनकर्ता र अन्य उत्पादनकर्ता सम्झनु पर्छ।
(घ) "तथ्याङ्कीय क्रियाकलाप" भन्नाले तथ्याङ्क सङ्कलन, प्रशोधन, वितरण, पहुँच तथा प्रयोगसम्बन्धी सम्पूर्ण क्रियाकलाप ८ सम्झनु पर्छ र सो शब्दले प्रशासनिक; अभिलेखबाट उत्पादन हुने तथ्याङ्क व्यवस्थापनका क्रियाकलापलाई समेत जनाउँछ ।
(ङ) "राष्ट्रिय मानक र गुणस्तर" भन्नाले नियम ८ को उपनियम (३) बमोजिम निर्धारण भएको तथ्याङ्कको राष्ट्रिय मानक र गुणस्तर सम्झनु पर्छ।