You are viewing the translated version of परिभाषा.

Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस नियमावलीमा,-

(क) इजाजतपत्र" भन्नाले पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनःप्याकिङ्ग गर्न नियम ११ को उपनियम. (३) बमोजिम दिएको इजाजतपत्र सम्झनु पर्छ।

(ख) ऐन" भन्नाले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६सम्झनु पर्छ।

(ग) “कन्टेनर” भन्नाले जीवनाशक विषादीको गुणस्तरमा हास आउन नदिन र त्यस्तो विषादीलाई सुरक्षित रूपले राख्न, छोप्न, बन्द गर्न वा प्याक गर्न प्रयोग गरिने भाँडो, बट्टा, डिब्बा, बाकस, झोला वा पोका सम्झनु पर्छ।

(घ) “जीवनाशक विषादीको विसर्जन" भन्नाले म्याद नाघी वा अन्य कारणले प्रयोग गर्न नमिल्ने जीवनाशक विषादी र त्यस्तो जीवनाशक विषादीका कारणले विषाक्त पदार्थको व्यवस्थापन गर्ने कार्य सम्झनु पर्छ।

(ङ) “जैविक विषादी" भन्नाले बोट बिरुवा, पशुपन्छी र सूक्षमजीव लगायतका प्राकृतिक स्रोतबाट तयार गरिएको जीवनाशक विषादी सम्झनु पर्छ।

(च) “प्याकिङ्ग वा पुनः प्याकिङ्ग" भन्नाले जीवनाशक विषादीको गुणस्तर बिग्रन: नदिई सुरक्षित तवरले स्वीकृत कन्टेनरमा राख्ने कार्य सम्झनु पर्छ र सो शब्दले प्याकिङ्ग भई आएको जीवनाशक विषादी उपयुक्त मात्रामा स्वीकृत कन्टेनरमा गुणस्तर बिग्रन नदिई सुरक्षित तवरले पुनः राख्ने कार्य वा पुनः प्याकिङ्ग : गर्ने कार्यलाई समेत जनाउँछ।

(छ) “सूचकपत्र" भन्नाले जीवनाशक विषादीको कन्टेनरको बाहिरी भागमा लेखिएको, छापिएको वा रेखाङ्कन गरिएको जीवनाशक विषादी सम्बन्धी जानकारी सम्झनु पर्छ।