You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्का अर्थ नलागेमा यस नियमावलीमा, -

(क) “ऐन” भन्नाले खानेपानी तथा सरसफाइ ऐन, २०७९ सम्झनु पर्छ।

(ख) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।

(ग) “विभाग” भन्नाले खानेपानी तथा ढल व्यवस्थापन विभाग सम्झनु पर्छ।

(घ) “संरचना” भन्नाले खानेपानी सेवा तथा सरसफाइ सेवा उपलब्ध गराउन निर्माण भएको वा निर्माण गरिने भौतिक पूर्वाधार तथा त्यसले चर्चेको वा चर्चिने जग्गा सम्झनु पर्छ।