You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “अस्थायी पैठारी” भन्नाले वस्तु, यन्त्र उपकरण वा सवारी वा ढुवानीको साधन कुनै निश्चित अवधि तोकी नेपालमा अस्थायी रूपमा पैठारी गरिने व्यवस्था सम्झनु पर्छ।

(ख) ऐन” भन्नाले भन्सार महसुल ऐन, २०८१ सम्झनु पर्छ।

(ग) ““बण्डेड वेयरहाउस” भन्नाले भन्सार सम्बन्धी: प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त वेयरहाउस सम्झनु पर्छ।

(घ) बस्तु धनी” भन्नाले निकासी वा पैठारी हुने जुनसुकै वस्तुको धनी सम्झनु पर्छ।