You are viewing the translated version of परिभाषा.

Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “आदेश“ भन्नाले ऐनले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार वा निकायले जारी गर्ने आदेश सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारबाट जारी भएको कार्यकारी आदेशलाई समेत जनाउँछ।

(ख) “कानून: मन्त्रालय“ भन्नाले नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्झनु पर्छ।

(ग) “कार्यविधि“ भन्नाले ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएको कार्यविधि सम्झनु पर्छ।

(घ) - “गठन आदेश“ भन्नाले विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले जारी गरेको आदेश सम्झनु पर्छ।

(ङ) “निकाय“ भन्नाले संवैधानिक निकाय, नेपाल सरकार अन्तर्गतको निकाय वा सङ्गठित संस्था सम्झनु पर्छ।

(च) “नियमावली“ भन्नाले ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएको नियमावली सम्झनु पर्छ।

(छ) “निर्देशिका“ भन्नाले ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएको निर्देशिका सम्झनु पर्छ।

(ज) “प्रत्यायोजित विधायन“ भन्नाले नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्ड सम्झनु पर्छ र सो शब्दले ऐनले: दिएको अधिकार प्रयोग गरी बनाइएको नर्म्स तथा मार्गदर्शनलाई समेत जनाउँछ।

(झ) “मापदण्ड“ भन्नाले ऐनले तोके बमोजिमको कुनै विषयको -गुण वा स्तर मापन वा व्यवस्थित गर्न बनाइएको मापदण्ड सम्झनु पर्छ।

(ज) “राष्ट्रिय अभिलेखालय“ भन्नाले अभिलेख संरक्षण ऐन, २०४६ को दफा र बमोजिमको राष्ट्रिय अभिलेखालय सम्झनु पर्छ।

(ट) “विधायन“ भन्नाले सङ्घीय संसदले बनाएको ऐन सम्झनु पर्छ र सो शब्दले प्रत्यायोजित विधायनलाई समेत जनाउँछ।

(ठ) “विधेयक“ भन्नाले सङ्घीय संसदमा पेस भएको ऐनको मस्यौदा सम्झनु पर्छ।

(ड) “विनियमावली“ भन्नाले ऐनले दिएको अधिकार प्रयोग गरी सङ्गठित संस्थाले _ बनाएको विनियमावली सम्झनु पर्छ।

(ढ) “समिति“ भन्नाले प्रतिनिधि सभा वा राष्ट्रिय सभाको प्रत्यायोजित विधायन सम्बन्धी विषय हेर्ने समिति सम्झनु पर्छ।

(ण) “सङ्गठित संस्था” भन्नाले /पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा. नियन्त्रण भएको सङ्गठित संस्था सम्झनु पर्छ।