You are viewing the translated version of पुन.

Rule 14
पुन
नाम दर्ता गर्ने: (१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम दर्ता किताबबाट नाम हटाइएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले मनासिब कारण खुलाई नियम ८ बमोजिमको कांगजात र अनुसूची-२ बमोजिमको दस्तुर बुझाएको रसिद संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा पुनः नाम दर्ता गर्नको लागि नाम दर्ता गर्ने निकायमा दरखास्त दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त जाँचबुझ गर्दा मनासिब देखिएमा नाम दर्ता गर्ने निकायले ऐनको दफा १५ को उपदफा (२) बमोजिम त्यस्तो पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता किताबमा पुनः दर्ता गरी अनुसूची-५ बमोजिमको ढाँचामा नाम दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
तर ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) को आधारमा दर्ता किताबबाट नाम हटाइएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम पुनः दर्ता गरिने छैन।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पशु स्वास्थ्य तथा पशु: सेवा व्यवसायीको नाम ऐनको दफा १५ को उपदफा (१) बमोजिम दर्ता किताबबाट हटाउने निर्णय गरेको मितिले एक वर्ष पूरा नभई सोही व्यक्तिले पुनः नाम दर्ता गर्नको लागि दरखास्त दिन सक्ने छैन।