You are viewing the translated version of पुपाध्यक्ष.
Rule 9
पुपाध्यक्ष
(१) कोषमा एकजना उपाध्यक्ष रहनेछ ।
(२) उपनियम (३) बमोजिमको सिफारिस समितिबाट सिफारिश भएका व्यक्तिमध्येबाट नेपाल सरकारले एक जनालाई कोषको उपाध्यक्षमा नियुक्त गर्नेछ ।
(३) उपाध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछः- (क) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष -संयोजक
(ख) राष्ट्रिय योजना आयोगको सदस्य
(रोजगारी हेर्ने ) -सदस्य
(ग) सचिव, मन्त्रालय -सदस्य
(४) उपनियम (३) बमोजिमको सिफारिस समितिले देहायको योग्यता पुगेका व्यक्तिमध्येबाट उपाध्यक्षको लागि तीन जना व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछः- (क) नेपाली नागरिक,
(ख) चालीस वर्ष उमेर पूरा भएको,
(ग) मान्यता प्राप्त विश्व विधालयबाट मानविकी, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून वा व्यवस्थापनमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको,
(घ) कुनै राजनीतिक दलको सदस्य नरहेको ।
(५) उपनियम (४) बमोजिम सिफारिस भई आएका व्यक्तिमध्येबाट उपाध्यक्षको पदमा नियुक्ति गर्नको लागि मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ ।
(६) उपनियम (५) बमोजिम मन्त्रालयबाट पेश भएका व्यक्तिमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्ले एक जना व्यक्तिलाई उपाध्यक्षको पदमा नियुक्त गर्नेछ ।
(७) उपनियम (६) बमोजिम नियुक्त उपाध्यक्षको पदावधि चार वर्षको हुनेछ र निज पुनः एक कार्यकालको लागि नियुक्त हुन सक्नेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपाध्यक्षले इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, कोषको हित वा उद्देश्य विपरीत काम गरेमा वा निजमा खराब आचरण देखिएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर यसरी हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(९) उपाध्यक्षले कोषको कार्यकारी प्रमुखको रुपमा पूरा समय काम गर्नेछ ।
(१०) उपाध्यक्षको पारिश्रमिक तथा सुविधा नेपाल सरकार, मन्त्रिपरिषद्ले तोके बमोजिम हुनेछ।