You are viewing the translated version of मागदाबी.
Section 49
मागदाबी
(१) ऐनको दफा २२ बमोजिम सरकारी वकिलले जफतको मागदाबी सहित अभियोजन गर्दा छुट्टाछुट्टै रूपमा देहायका विषय खुलाउनु पर्नेछ:-
(क) ऐनको दफा ३४ बमोजिम जफत हुने सम्पत्ति वा साधन,
(ख) ऐनको दफा २८ को उपदफा (४) बमोजिम जफत हुने सम्पत्ति वा साधन,
(ग) अनुसन्धानको सिलसिलामा सम्पत्ति वा साधन पहिचान वा खोजतलास गर्दा कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन निर्दोष तेस्रो पक्षको हक, भोग, स्वामित्व वा हितमा रहेको देखिएमा र सो मूल्य बराबरको अन्य सम्पत्ति कसूरदारसँग रहेको वा कसूरदार वास्तविक धनी भएको पाइएमा निजको सम्पत्ति वा साधन,
(घ) निर्दोष तेस्रो पक्षको हक, भोग, - स्वामित्व वा हितमा रहेको देखिएको सम्पत्ति वा साधनको हकमा सो मूल्य बराबर: कसूरदारमा पर्ने थप दायित्व।
(२) ऐनको दफा २८ बमोजिम अनुसन्धान गर्दा कुनै व्यक्तिसँग कसूरबाट प्राप्त सम्पत्ति: बाहेक अस्वाभाविक रूपमा अन्य सम्पत्ति पाइएकोमा त्यस्तो स्रोत नखुलेको सम्पत्तिको स्रोत निजसँग माग गर्दा निजले तत्काल स्रोत खुलाउन नसकी थप समय प्रदान गर्नु पर्ने अवस्था देखिएको र त्यस्तो समय प्रदान गर्दा प्रचलित कानून बमोजिम अभियोजन गर्ने समय व्यतित हुने देखिएमा सम्बद्ध कसूर र-कसूरबाट प्राप्त सम्पत्ति उपरसम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा दायर गरी त्यस्तो सम्पत्तिको हकमा दफा २८ को उपदफा (४) बमोजिम जफतको मागदाबी लिई प्रचलित कानून बमोजिम पूरक अभियोगपत्र दायर गर्न सकिनेछ। स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “स्रोत नखुलेको सम्पत्ति“: भन्नाले तत्काल प्राप्त प्रमाणबाट कुनै सम्बद्ध कसूरबाट प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले प्राप्त गरेको, हासिल गरेको वा बढे वा/बढाएको र अन्य प्रचलित कानून बमोजिम सम्पत्ति आर्जनका स्रोतबाट आर्जन गरेको सम्पत्ति बाहेक कानूनको विवादमा आएको व्यक्तिले विश्वस्त प्रमाण पेस गरी प्रमाण र सम्पत्तिको बीचको सम्बन्ध तथा सो सम्पत्तिको वैधता स्थापित गराउन नसकेको सम्पत्ति र सोबाट बढे वा बढाएको सम्पत्ति सम्झनु पर्छ।