You are viewing the translated version of मापदण्ड.
(नियम २०क. को उपनियम (१) सँग सम्बन्धित)
मापदण्ड
ब्याट्री व्यवसायीको रुपमा कारोबार दर्ता गर्न वा स्वीकृति वा अनुमति लिन देहायको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ः–
१. ब्याट्रीको कारोवार गर्ने स्थानमा एसिड प्रशोधन प्रणाली जडान गरेको हुनु पर्ने ।
२. ब्याट्रीको कारोवार गर्ने स्थानमा एसिडबाट हुने हानी वा नोक्सानीको बचाउ सम्बन्धी प्रर्याप्त व्यवस्था गरेको हुनु पर्ने ।
३. ब्याट्रीको कारोवार गर्ने स्थानमा ब्याट्रीबाट निस्कने एसिडलाई निस्कृय पार्ने व्यवस्था गरेको हुनु पर्ने ।
४. ब्याट्रीको मर्मत तथा पुन प्रशोधन सम्बन्धी कारोवार गर्नेको हकमा ब्याट्री मर्मत वा पुनप्रशोधन गर्दा निस्केन झिल्काको असरलाई निस्प्रभावी पार्न प्रर्याप्त व्यवस्था गर्नुको साथै ब्याट्री मर्मत वा पुन प्रशोधनको गर्नको लागि सङ्कलन गरिने र मर्मत वा पुन प्रशोधन
गरिसकेका ब्याट्रीको भण्डारणको लागि प्रर्याप्त र अलग अलग स्थानको व्यवस्था गरेको हुनु पर्ने ।
५. ब्याट्रिको डिलर वा खुद्रा विक्रेताको कारोवार गर्नेको हकमा ब्याट्री भण्डारण गर्न पर्याप्त स्थानको व्यवस्था गरेको हुनु पर्ने ।