You are viewing the translated version of सजाय.

Section 48
सजाय
(१) कसैले यस ऐन बमोजिमको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः-
(क) दफा ४७ को खण्ड (क) बमोजिमको कसूर गरेमा आयनीकरण गर्ने बिकिरण उत्पन्न गर्ने उपकरणहरू जफत गरी एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै,
(ख) दफा ४७ को खण्ड (ख) बमोजिमको कसूर गरेमा रेडियोधर्मी पदार्थ जफत गरी सात लाख रुपैयाँदेखि बाह्र लाख रूपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि दश वर्षसम्म कैद,
(ग) दफा ४७ को खण्ड (ग) र (घ) बमोजिमको कसूर गरी कसैको ज्यान गएको रहेछ भने कसूरदारलाई जन्म कैद र कसैलाई शरीरमा चोटपटक लागेको वा शारीरिक क्षति पुगेको भएमा पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिबाना र पाँच वर्षदेखि दश वर्षसम्म कैद ।
(घ) दफा ४७ को खण्ड (ङ),
(च),
(छ),
(ज),
(झ) र (ज) बमोजिमको कसूर गरेमा सो कसूरमा प्रयोग भएको उपकरण, यन्त्र, अन्य पदार्थ तथा सामग्री जफत गरी तीन लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि पाँच वर्षसम्म कैद।
(२) दफा ४७ मा उल्लिखित कसूर गर्न कसैले आदेश दिएमा बा दुरूत्साहन गरेमा कसूरदारलाई भए सरह र कसूर गर्न सहयोग गर्ने मतियारलाई त्यस्तो कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
(३) आयनीकरण गर्ने विकिरणसँग सम्बन्धित घटनाको कारणले कुनै भौतिक सम्पत्ति वा वातावरणमा क्षति पुगेकोमा त्यसबाट भएको वास्तविक क्षतिको पहिचान गरी क्षति भएको बिगोको दोब्बर क्षतिपूर्ति इजाजतपत्रवालाबाट दिलाई सो क्षतिको विगो बराबरको जरिबाना गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद गरी त्यस्तो कार्यमा प्रयोग भएको उपकरण र अन्य पदार्थ तथा सामग्री जफत हुनेछ।
(४) कुनै इजाजतपत्रवालाले यस दफा बमोजिम सजाय हुने कसूर गरेमा त्यस्तो कसूर गर्ने पदाधिकारी वा कर्मचारीको पहिचान भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र त्यस्तो पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेकोमा कसूर हुँदाका बखत त्यस्तो संस्थाको प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेछ।