Rule 6
Na
(१) सदस्य-सचिवको मासिक पारिश्रमिक, महङ्गी भत्ता, लुगा भत्ता, दैनिक तथा भ्रमण भत्ता, सञ्चार सुविधा, सवारी साधन र इन्धन सुविधा नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीले पाए सरहको हुनेछ।

(२) (सदस्य-सचिवले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाउने चाडपर्वको लागि वर्षको एक पटक आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनेछ।

(३) सदस्य-सचिवले परिषद्को कामको सिलसिलामा स्वदेशभित्र भ्रमण गर्दा परिषद्को अध्यक्ष र विदेशमा भ्रमण गर्नु पर्ने भएमा नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति लिनु पर्नेछ।