Section 13
अयोग्यता
देहायको व्यक्ति प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्त हुन अयोग्य हुनेछ ः–
(क) दफा १२ बमोजिमको योग्यता नभएको,
(ख) नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट दोषी ठहरी सजाय पाएको,
(ग) सरकारी वा सार्वजनिक संस्थाको बहालवाला कर्मचारी,
(घ) कुनै राजनैतिक पदमा बहाल रहेको, र
(ङ) प्रचलित कानून बमोजिम नियुक्तिको लागि अयोग्य भएको ।