Section 4
इजाजतपत्र
(१) सार्वजनिक निर्माण कार्य गर्न चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको दस्तुर सहित सार्वजनिक निर्माण कार्य गर्ने इजाजतपत्रको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दरखास्त पर्न आएमा समितिले त्यस्तो दरखास्त उपर तोकिए बमोजिम जाँचबुझ गरी दफा ८ बमोजिम वर्गीकृत निर्माण व्यवसायी मध्ये जुन वर्गको लागि इजाजतपत्र दिन उपयुक्त देखिन्छ सोही वर्गको इजाजतपत्र दिन नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम समितिबाट सिफारिस भै आएको दरखास्तवालालाई नेपाल सरकारले तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेख्रिएको भए तापनि नेपाल सरकारले “घ” वर्गको इजाजतपत्र समितिको सिफारिस बिना पनि दिन सक्नेछ ।