Section 73
क्षतिपूर्ति
(१) बाल अदालतले प्रचलित कानून र यस ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ठ वा आवधिक रूपमा कसूरदारबाट भराइदिनेछ।
(२) उपदफा (१) बमोजिम कसूरदारबाट जरिबानाको रकम असूल हुन नसक्ने अवस्था भएमा वा त्यस्तो रकम असूल भए तापनि सो रकम बालबालिका विरुद्धको कसूरको तुलनामा न्यून वा अपर्याप्त लागेमा बाल अदालतले त्यस्ता बालबालिकालाई दफा ६३ बमोजिमको बालकोषबाट व्यहोर्ने गरी मनासिब माफिकको क्षतिपूर्ति भराई दिनेछ।
(३) उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम लिन नपाउँदै पीडित बालबालिकाको मृत्यु भएमा त्यस्तो रकम निजको बाबु, आमा वा निजहरू नभएमा परिवारको अन्य सदस्य वा संरक्षकलाई दिइनेछ।
(४) बालबालिका विरूद्धको प्रचलित कानून बमोजिमको कसूर, बालबालिका विरुद्धको कसूरबाट पीडित बालबालिकालाई तत्काल उपचार गराउनु पर्ने भएमा वा क्षतिपूर्ति वा कुनै प्रकारको राहत रकम दिनु परेमा प्रचलित कानून बमोजिम अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ।