Section 15
गुणस्तर
: (१) आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति र बिक्री वितरण गर्दाको अवस्थामा आयोडिनयुक्त नूनमा हुनुपर्ने गुणस्तर समितिबाट निर्धारण गरिएको वा सिफारिस गरे बमोजिमको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम समितिबाट निर्धारित वा सिफारिस गरिएको आयोडिनयुक्त नूनको गुणस्तर नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(३) नेपाल………. मा उत्पादन भएको वा पैठारी गरिएको आयोडिनयुक्त नूनको गुणस्तर उपदफा (१) मा उल्लेख भए बमोजिमको गुणस्तर अनुरुप भए नभएको सम्बन्धमा परीक्षण गर्ने अधिकार केन्द्रीय खाद्य अनुसन्धानशालालाई हुनेछ ।
(४) उपदफा (१) बमोजिम निर्धारित गुणस्तर कायम रहने अन्तिम मिति पुगेको आयोडिनयुक्त नून बजारमा आपूर्ति गर्न वा बिक्री वितरण गर्नु गराउनु हुँदैन ।
(५) आयोडिनयुक्त नूनको गुणमा ह्रास, मिसावट र दूषित हुन नदिन उत्पादक, पैठारीकर्ता, आपूर्तिकर्ता तथा वितरकले प्याकेजि· तथा ढुवानी गर्दा अपनाउनु पर्ने तरिका तोकिए बमोजिम हुनेछ ।