Section 28
निरीक्षण
(१) स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकले अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सन्चालन गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा दफा २९ बमोजिम दिइएको आदेश तथा निर्देशनहरु पालना गरे नगरेको सम्बन्धमा समितिबाट अधिकार प्राप्त अधिकारीले निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्ने अधिकारीले आफूले गरेको निरीक्षणको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्ने अधिकारीले आफूले गरेको निरीक्षणको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ ।