Rule 10
परिचयपत्र

(१) प्रत्येक निरीक्षकलाई अनुसूची–६ बमोजिमको ढाँचामा परिचयपत्र दिइनेछ ।
(२) निरीक्षकले आफ्नोे परिचयपत्र सधै आफ्नोे साथ राख्नु पर्नेछ र ऐन तथा यस नियमावली बमोजिम कुनै काम गर्दा वा आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा कसैले निजको परिचयपत्र हेर्न खोजेमा तुरुन्त देखाउनु पर्नेछ ।