Section 2
परिभाषा
– विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कमैया श्रम” भन्नाले देहायका कारणबाट विना ज्याला वा न्यून ज्यालामा
ऋणदाताको लागि गर्नु पर्ने श्रम वा सेवा सम्झनु पर्छ –
(१) आफू वा आफ्नो परिवारले लिएको ऋण वा सोको ब्याज चुक्ता गर्नको
लागि,
(२) पुर्खाले लिएको ऋण वा सोको ब्याज चुक्ता गर्नको लागि,
(३) ऋणदाता समक्ष कुनै कमैया श्रमिकको जमानी बसेकोमा त्यस्तो कमैया
श्रमिकको कमैया ऋण चुक्ता गर्नको लागि,
(ख) “कमैया श्रमिक” भन्नाले भैंसवार, गैवार, वर्दिकार, छेकरवार, हरुवा, चरुवा,
हली, गोठालो, कमलरिया वा अन्य यस्तै नामबाट कमैया श्रम गर्ने व्यक्ति
सम्झनु पर्छ ।
(ग) “कमैया ऋण” भन्नाले ऋणदाताबाट कमैया श्रमिकले लिएको नगदी, जिन्सी वा
वस्तु सम्झनु पर्छ र सो शब्दले सौकी वा अन्य ऋण समेतलाई जनाउँछ ।
(घ) “ऋणदाता” भन्नाले कमैया श्रमिकलाई ऋण प्रदान गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ङ) “परिवार” भन्नाले बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा वा …….. छोरी सम्झनु
पर्छ र सो शब्दले घरको मुख्य भई काम गर्ने व्यक्ति नै कमैया श्रमिक भएकोमा
निजका एकासगोलका अंशियार समेतलाई जनाउँछ ।
(च) “मुक्त कमैया” भन्नाले दफा ३ बमोजिम मुक्त भएको कमैया श्रमिक सम्झनु
पर्छ ।
(छ) “समिति” भन्नाले दफा ८ बमोजिम गठन भएको मुक्त कमैया पुनस्र्थापना तथा
अनुगमन समिति सम्झनु पर्छ ।
(ज) “कल्याणकारी अधिकृत” भन्नाले दफा १० बमोजिमको कल्याणकारी अधिकृत
सम्झनु पर्छ ।
(झ) “कोष” भन्नाले दफा १२ बमोजिमको कोष सम्झनु पर्छ ।
(ञ) “कृषि श्रमिक” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
तोकिदिएको काम गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।