Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आयुक्त” भन्नाले आयोगको निर्वाचन आयुक्त सम्झनु पर्छ र सो शब्दले प्रमुख निर्वाचन आयुक्तलाई समेत जनाउँछ ।
(ख) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(ग) “उम्मेदवार” भन्नाले प्रचलित सङ्घीय कानून बमोजिम कुनै निर्वाचनका लागि उम्मेदवारको अन्तिम सूचीमा नाम समावेश भएको व्यक्ति सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “नाम दर्ता अधिकारी” भन्नाले मतदाताको नाम तथा अन्य आवश्यक विवरण सङ्कलन गर्ने, मतदाता नामावली तयार वा अद्यावधिक गर्ने समेतको कार्यका लागि आयोगले तोकेको प्रमुख
नाम दर्ता अधिकारी, नाम दर्ता अधिकारी वा सहायक नाम दर्ता अधिकारी सम्झनु पर्छ ।
(च) “निर्वाचन” भन्नाले संविधान तथा सङ्घीय कानून बमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले उपनिर्वाचनलाई समेत जनाउँछ ।
(छ) “निर्वाचन अधिकारी” भन्नाले तोकिए बमोजिमको निर्वाचन अधिकारी सम्झनु पर्छ ।
(ज) “निर्वाचन अधिकृत” भन्नाले दफा १९ बमोजिम नियुक्त भएको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।
(झ) “निर्वाचन अवधि” भन्नाले निर्वाचन हुने मितिभन्दा एकसय बीस दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभए सम्मको अवधि सम्झनु पर्छ ।
तर एक सय बीस दिनभन्दा कम अवधि रहने गरी निर्वाचन मिति घोषणा भएमा त्यसरी घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन
अवधि मानिनेछ ।
(ञ) “मतदाता” भन्नाले सङ्घीय कानून बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति सम्झनु पर्छ ।
(ट) “राजनीतिक दल” भन्नाले सङ्घीय कानून बमोजिम आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ ।
(ठ) “सचिव” भन्नाले आयोगको सचिव सम्झनु पर्छ ।
(ड) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।