Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) “ऐन” भन्नाले बीउ बिजन ऐन, २०४५ सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले बीउ बिजन ऐन, २०४५ को दफा ३ बमोजिम गठित समिति सम्झनु पर्छ ।
(ग) “उपसमिति” भन्नाले नियम ३ बमोजिम गठित उपसमिति सम्झनु पर्छ ।
(घ) “कार्यालय” भन्नाले जिल्ला कृषि विकास कार्यालय सम्झनु पर्छ ।
(ङ) “केन्द्र” भन्नाले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र सम्झनु पर्छ ।
(च) “बाली निरीक्षक” भन्नाले ऐनको दफा १६ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(छ) “बीउ बिजन विश्लेषक” भन्नाले ऐनको दफा १६ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “बीउ बिजन नमूना सङ्कलक” भन्नाले ऐनको दफा १६ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।