Section 2
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “कसूर” भन्नाले दफा ३ बमोजिमको कार्य सम्झनु पर्छ ।
(ख) “केन्द्र” भन्नाले दफा १३ बमोजिम स्थापित पुनस्र्थापना केन्द्र सम्झनु पर्दछ ।
(ग) “पीडित” भन्नाले बेचिएको, ओसारपसार गरिएको वा वेश्यावृत्तिमा लगाइएकोे व्यक्ति सम्झनु पर्छ ।
(घ) “बालबालिका” भन्नाले अठार वर्ष उमेर पूरा नभएको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “शोषण” भन्नाले दास तुल्याउने, बाँधा बनाउने कार्य सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने कार्य समेतलाई जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।