Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सार्वजनिक सडक” भन्नाले कसैको निजी भोगचलनमा नरहेको सडक सम्झनु पर्छ र सो शब्दले त्यस्तो सडकमा पर्ने सबै किसिमका पुल, कज्वे, कलभर्ट, साईकल मार्ग र फूटपाथलाई समेत जनाउँछ ।
(ख) “सडक सीमा” भन्नाले सार्वजनिक सडक र त्यस्तो सडकको केन्द्र रेखाको दायाँ बायाँ दफा ३ बमोजिम तोकिएको जग्गाको क्षेत्र सम्झनु पर्छ ।
(ग) “जग्गा” भन्नाले जुनसुकै जग्गा सम्झनु पर्छ र सो शब्दले त्यस्तो जग्गामा रहेको टहरा, घर, ईमारत, रुख, इत्यादि र सोसंग स्थायी रूपले जोडिएको चिज वस्तुलाई समेत जनाउँछ ।
(घ) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले तोकेको अधिकारी सम्झनु पर्छ र त्यसरी कुनै अधिकारी नतोकेकोमा प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ ।
(ङ) “सडक विभाग” भन्नाले नेपाल सरकारको सडक विभाग सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।