Rule 2
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “निरीक्षक” भन्नाले जिल्ला हुलाकको निरीक्षक सम्झनुपर्छ ।
(ख) “हुलाक प्रतिनिधि” भन्नाले अतिरिक्त हुलाक सञ्चालन गर्न नियुक्त भएको मुख्य व्यक्ति सम्झनुपर्छ ।
(ग) “वितरक” भन्नाले अतिरिक्त हुलाकको तर्फबाट हुलाक वस्तु डिलेभरी गर्न नियुक्त भएको व्यक्ति सम्झनुपर्छ ।
(घ) “डाँक वाहक” भन्नाले अतिरिक्त हुलाकबाट सम्बन्धित हुलाकमा डा“क लैजान र सम्बन्धित हुलाकबाट अतिरिक्त हुलाकमा डा“क ल्याउन नियुक्त भएको व्यक्ति सम्झनुपर्छ ।
(ङ) “सम्बन्धित हुलाक” भन्नाले अतिरिक्त हुलाकलाई डा“क, हुलाक टिकट र अन्य मूल्याङ्कित हुलाक कागजात दिन र तत्सम्बन्धी अन्य काम गर्न क्षेत्रीय हुलाक निर्देशकले तोकिदिएको सरकारी हुलाक सम्झनुपर्छ ।