Rule 2
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “मुख्य सचिव” भन्नाले नेपाल सरकारका मुख्य सचिव सम्झनु पर्छ ।
(ग) “प्रतिनिधि सभाको घोषणा, २०६३” भन्नाले सम्वत् २०६३ साल जेठ ४ गते प्रतिनिधि सभाको बैठकबाट पारित भई जारी भएको प्रतिनिधि सभाको घोषणा सम्झनु पर्छ ।