Section 2
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–

(क) “जग्गा” भन्नाले घर, वाग, बगैचा, रूख, कारखाना, ताल, पोखरी, इत्यादि भएको समेत सबै किसिमको जग्गा सम्झनु पर्छ ।

(क)(१) “नाप जाँच” भन्नाले जग्गाको नाप जाँच वा पुन नाप जाँच गरी जग्गावाला र मोहीसंग सम्बन्धित तथ्याड्ढ संकलन गर्ने, जग्गाको नक्सा तयार गर्ने, क्षेत्रफल यकिन गर्ने, किसिम वर्गीकरण गर्ने वा नक्सा वा श्रेस्ताको आधारमा क्षेत्रीय किताबमा जग्गा दर्ता गर्ने काम सम्झनु पर्छ र सो शब्दले नापीको लागि हवाई सर्वेक्षण, नियन्त्रण बिन्दु स्थान खडा गर्ने तथा विभिन्न मानमा स्थलरूप नापी गरी नक्सा प्रकाशन गर्ने गराउने कार्यलाई समेत जनाउँछ ।

(क)(२) “दर्ता श्रेस्ता” भन्नाले जग्गा नाप जाँच भई तयार भएको नक्सा र क्षेत्रीय किताबको आधारमा जग्गावाला, मोही, जग्गाको कित्ता, क्षेत्रफल र किसिम समेत स्पष्ट देखिने गरी तयार गरिएको जग्गाधनी दर्ता श्रेस्ता सम्झनुपर्छ ।

(क)(३) “साँध” भन्नाले दुई भिन्न टुक्रा जग्गाको बीचको सीमाना निर्धारण गर्ने सीमा रेखा सम्झनु पर्छ ।

(क)(४) “कित्ता” भन्नाले चारैतिर साँधले घेरिएको र प्रत्येक स्थानमा हक, भोग र किसिममा समानता भएको जमीनको टुक्रा सम्झनु पर्छ ।

(ख) “जग्गावाला” भन्नाले प्रचलित नेपाल कानून बमोजिम जग्गामा जग्गाधनी हक हुने व्यक्ति सम्झनुपर्छ ।

(ग) “मोही” भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफनो वा आफनो परिवारको श्रमले खेती गर्ने व्यक्ति सम्झनुपर्छ ।

(घ) “पटवारी” भन्नाले जग्गा वा घर धुरीको श्रेस्ता राखी सो बमोजिम मालपोत वा अरू तिरो तहसिल गर्ने सबैलाई सम्झनुपर्छ ।

(ङ) “सरकारी जग्गा” भन्नाले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेका देहायको जग्गा सम्झनु पर्छ ः–
(१) सरकारी घर, भवन वा जग्गा,
(२) सडक, बाटो वा रेल्वे,
(३) वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान,
(४) नदी, खोलानाला, ताल, पोखरी तथा सोको डिल,
(५) नहर, कुलो वा ऐलानी, पर्ती जग्गा,
(६) खनिज वा खनिज पदार्थ,
(७) हिमाल, भिर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा, वा
(८) सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको निजी जग्गा बाहेकको अन्य जग्गा ।
(च) “सार्वजनिक जग्गा” भन्नाले सार्वजनिक प्रयोजनको लागि रहेका देहायको जग्गा सम्झनु पर्छ ः–
(१) परापूर्वकालदेखि रहेको घर, जग्गा, ढल वा बाटो,
(२) कुवा, पँधेरो, पानीघाट, इनार, पोखरी तथा सोको डिल,
(३) गाईवस्तु निकाल्ने निकास, गौचर, खर्क, अन्त्यष्टीस्थल, चिहान, मसानघाट, समाधिस्थल कब्रिस्थान रहेको जग्गा,
(४) पाटी, पौवा, देवल, धार्मिक उपासना स्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जिद, इदगाह, कब्रगाह, गिर्जाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा,
(५) हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा, वा

(६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक जग्गा भनी तोकिदिएको अन्य जग्गा ।
च(१) “सामुदायिक जग्गा” भन्नाले कुनै समुदायले आप्mनो प्रयोजनको लागि राखेको जग्गा वा त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्वमा रहेको अन्य जग्गा सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।