Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावली,–
(क) “ऐन” भन्नाले “नगर विकास कोष ऐन, २०५३” सम्झनु पर्छ ।
(ख) “लगानी” भन्नाले नगर विकाससँग सम्बन्धित निकायले संचालन गरेको आधारभूत सामाजिक सेवा तथा आयमूलक आयोजनामा र बैङ्क, वित्तीय संस्था वा अन्य संगठित संस्थाको शेयर, डिवेन्चर र अन्य धितोपत्रहरूमा कोषले गरेको लगानी सम्झनु पर्छ ।
(ग) “बैङ्क” भन्नाले वाणिज्य बैंक ऐन, २०३१ बमोजिम स्थापना भएको वाणिज्य बैंक सम्झनु पर्छ ।
(घ) “वित्तीय” संस्था भन्नाले शहरी तथा ग्रामीण विकास, सहकारी, उद्योग वा अन्य कुनै खास प्रयोजनको लागि ऋण दिने उद्देश्यले स्थापना भएको कुनै वित्तीय संस्था सम्झनु पर्छ ।
(ङ) “लगानी प्रवद्र्धन समिति” भन्नाले नियम ४ बमोजिम गठन भएको लगानी प्रवद्र्धन समिति सम्झनुपर्छ ।