Section 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,—
(क) “निकासी” भन्नाले नेपाल राज्यबाहिर मालसामानहरु निकासी गर्ने काम सम्झनु पर्छ ।
(ख) “पैठारी” भन्नाले नेपाल राज्यभित्र मालसामानहरु पैठारी गर्ने काम सम्झनु पर्छ ।
(ग) “सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित आदेश सम्झनु पर्छ ।
(घ) “प्रकाशित” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सम्झनु पर्छ ।