विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(१) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल स्वास्थ्य व्यवसायी परिषद्सम्झनु पर्छ ।
(२) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(३) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(४) “स्वास्थ्य व्यवसाय” भन्नाले बिरामीको रोगको उपचार, निदान, रोकथाम वा स्वास्थ्य व्यवसाय सम्बन्धी कुनै कार्यलाई जनाउँछ ।
(५) “स्वास्थ्य व्यवसायी” भन्नाले तोकिएको न्यूनतम योग्यता प्राप्त गरी स्वास्थ्य व्यवसायमा लागेको व्यक्ति सम्झनु पर्छ ।
(६) “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत स्वास्थ्य व्यवसायीहरूको नाम दर्ता गर्न खडा गरिएको दर्ता किताब सम्झनु पर्छ ।
(७) “दर्तावाला स्वास्थ्य व्यवसायी” भन्नाले दर्ता किताबमा नाम दर्ता भएका स्वास्थ्य व्यवसायी सम्झनु पर्छ ।
(८) “समिति” भन्नाले दफा १२ बमोजिम गठन भएको समिति सम्झनु पर्छ ।
(९) “रजिष्ट्रार” भन्नाले दफा १३ बमोजिम नियुक्त गरेको वा तोकेको व्यक्ति सम्झनुपर्छ ।
(१०) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।