विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “पशु” भन्नाले गाई, गोरु, साँढे बाहेक भाले जातको खसी तुल्याइएको वा
नतुल्याइएको बोका, भेडा, च्याङ्ग्रा, सुंगुर, बंगुर, बँदेल, राँगो, खरायो वा मासुको
लागि योग्य देखिएको भैंसी, बाख्रा, पोथी जातको भेंडा, च्याङ्ग्रा, सुंगुर, बंगुर बँदेल वा खरायो सम्झनु पर्छ र सो शब्दले भाले वा पोथी जातको कुखुरा, हाँस,
परेवा वा मासुको प्रयोजनको लागि पालिएको अन्य पशुपंक्षी समेत सम्झनु पर्छ ।
(ख) “मासु” भन्नाले मानिसले खान योग्य पशुको मासु सम्झनु पर्छ ।
(ग) “मासु निरीक्षक” भन्नाले दफा ६ बमोजिम नियुक्ति गरिएको वा तोकिएको मासु
निरीक्षक सम्झनु पर्छ ।
(घ) “मासु सुपरीवेक्षक” भन्नाले दफा ७ बमोजिम तोकिएको मासु सुपरीवेक्षक
सम्झनु पर्छ ।
(ङ) “पशु वधशाला” भन्नाले मासुको निमित्त पशु वध गर्न बनाइएको घर वा ठाउँ
सम्झनु पर्छ ।
(ज) “मासु बिक्रेता” भन्नाले व्यवसायिक रुपमा मासु बिक्री गर्ने व्यक्ति सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।