Section 2
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) “प्राइभेट फर्म” भन्नाले निजी वा कथित नामबाट एक व्यक्तिले उद्योग व्यवसायका निकासी वा पैठारीको व्यापार गर्ने फर्म वा कम्पनी वा कोठी सम्झनु पर्छ ।
(ख) “निकासी” भन्नाले नेपाल राज्यबाट विदेशमा मालसामान निकासी गर्ने काम सम्झनु पर्छ ।
(ग) “पैठारी” भन्नाले विदेशबाट नेपाल राज्यमा मालसामान पैठारी गर्ने काम सम्झनु पर्छ ।
(घ) “सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित आदेश सम्झनु पर्छ ।
(ङ)       “सम्बन्धित विभाग” भन्नाले वाणिज्य सम्बन्धी फर्मको विषयको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र सो बाहेकका अन्य उद्योगको विषयका लागि उद्योग विभाग सम्झनु पर्छ र सो शब्दले वाणिज्य सम्बन्धी विषय र घरेलु तथा साना उद्योगको विषयको लागि प्रदेश सरकारको वाणिज्य तथा उद्योग हेर्ने विभाग वा कार्यालयलाई समेत जनाउनेछ।
(च) “तोकिएको” वा “तोकिएबमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिमकोसम्झनु पर्छ ।