Section 2
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा

(क) संवैधानिक पदाधिकारीभन्नाले नेपालको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएको प्रधान न्यायाधीश, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी सम्झनु पर्छ र सो शब्दले सर्वोच्च अदालतको न्यायाधिश र नेपालको संविधानको धारा १५३ को यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । 

उपधारा (१) को खण्ड (घ) र (ङ) बमोजिमका न्याय परिषदका सदस्य समेतलाई जनाउछ ।

(ख) कार्यक्षमताको अभावभन्नाले संवैधानिक पदाधिकारीको शारीरिक वा मानसिक क्षमताको अभावमा निजले आफनोे पदीय कर्तव्य पालना गर्न नसक्ने अवस्था सम्झनु पर्छ ।

(ग) खराब आचरणभन्नाले संवैधानिक पदाधिकारीमा आफनोे पद अनुरूप हुनु पर्ने आचरण नभएको अवस्था सम्झनु पर्छ र सो शब्दले प्रचलित कानुन बमोजिम भ्रष्टाचार मानिने काम समेतलाई जनाउँछ ।

(घ) इमान्दारीपूर्वक पदीय कर्तव्य पालना नगरेकोभन्नाले संवैधानिक पदाधिकारीले प्रचलित कानुन बमोजिम असल नियतले आफनोे जिम्मेवारी पालन नगरेको वा गर्न नखोजेको अवस्था सम्झनु पर्छ ।

(ङ) जाँचबुझ समितिभन्नाले दफा ४ को उपदफा (१) बमोजिम गठन हुने जाँचबुझ समिति सम्झनु पर्छ ।